बिहीबार, साउन २८, २०८३

दोलखामा भिषण पहिरो, दुई जना बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - दोलखाको गौरीशंकर गाउँपालिकामा भिषण पहिरो जाँदा करिब एक दर्जन घर पुरिएका छन्। शुक्रबार राति आएको पहिरोमा परी दुई जना सम्पर्कविहीन भएका छन् । बेपत्ता हुनेमा जगतबहादुर खत्री र निसान खड्का रहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

पहिरो आएपछि केहीले भने भागेर ज्यान जोगाएका थिए। पहिरोका कारण केही विस्थापित भएका छन् भने केहीले जोखिमका कारण घर छोडेका छन्।

पहिरोग्रस्त क्षेत्रमा उद्धारका लागि अहिले सुरक्षाकर्मीसहित स्थानीय खटेका छन्। खोलामा बाढी आएको र विभिन्न ठाउँमा पहिरो गएकाले प्रहरीको टोली प्रभावित ठाउँमा पुग्न पनि कठिनाइ भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।