बिहीबार, साउन २८, २०८३

सक्रिय बन्दै मनसुन, चट्याङसहित वर्षाको सम्भावना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले निस्क्रिय रहेको मनसुन सक्रिय हुन थालेको बताएको छ। नेपालको तराई भूभागभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरिरहेकाले मनसुन सक्रिय हुन थालेको महाशाखाले जनाएको छ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनी गतिविधि कमजोर बनिरहेको छ। यो रेखा नेपालतर्फ सरेपछि अहिले कमजोर बनेको मनसुन पुनः सक्रिय हुँदैछ। 

महाशाखाले आज देशभरको मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको बताएको छ। देशका केही क्षेत्रमा बिहानै देखि वर्षा भइरहेको र दिउँसोसम्ममा अन्य स्थानमा समेत वर्षा हुनसक्ने महाशाखाको अनुमान छ। दिउँसो र राति केही ठाउँमा चट्याङसहित वर्षा हुन सक्ने भन्दै  मौसमविदले सतर्कता अपनाउन आग्रह गरेका छन्।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

आज

देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।

श्रावण १९ गते (आईतबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना।

श्रावण २० गते (सोमबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षा को सम्भावना।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।