बिहीबार, साउन २८, २०८३

सिंगापुर उड्दै प्रधानमन्त्री ओली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाने भएका छन्। सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गर्न ओली आज बेलुका पौने १० बजे  सिल्क एयरबाट त्यसतर्फ जान लागेका हुन्।

उनी निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाह, श्रीमती राधिका शाक्य, स्वकीय सचिवसहित करिब एक साताका लागि सिंगापुर जान लागेका हुन्। चिकित्सकको सुझावअनुसार उनी थप फलोअपका लागि सिंगापुर जान लागेका हुन्।

प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। ६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो। लामो समय उपचार गरेर निको भएको थियो। उनले दिल्ली र थाइल्यान्डमा गएर उपचार गरेका थिए। त्यसपछि नियमित फलोअपका लागि थाइल्यान्ड र सिंगापुर जाने गरेका छन्।

गत १० साउनमा सैनिक अस्पताल छाउनीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा यूएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ मा उनको रगतमा क्रिएटिनिनको मात्रा बढेको देखिएपछि चिकित्सकले उनलाई सिंगापुर जान सुझाव दिएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।