बिहीबार, साउन २८, २०८३

उपनिर्वाचन मङ्सिर १४ गते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - विभिन्न कारणले रिक्त भएका स्थानमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुने भएको छ । मुलुकका विभिन्न ३७ जिल्लामा ५० पदका लागि उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता शङकरप्रसाद खरेलले जानकारी दिए। बिहीबारको निर्णय बमोजिम मिति तय गरिएको आयोगले जनाएको छ । 

उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मङ्सिर १४ मा उपनिर्वाचन हुने उनले बताए।

आयोगका अनुसार उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक, गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४१, प्रदेशसभा सदस्य तीन र प्रतिनिधिसभा सदस्य एक गरी कूल ५० पदका लागि उपनिर्वाचन हुनेछ । मिति तोकिएसँगै उपनिर्वाचनको तयारी थालिएको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम स्थानीय तहको उपनिर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उपनिर्वाचनको मिति आयोगले तोक्ने प्रावधान छ । यसअघि बुधबार आयोगले प्रधानमन्त्रीसँग उपनिर्वाचनको बारेमा परामर्श लिएको थियो भने बिहीबार राजनीतिक दलहरुसँग छलफल गरेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।