बिहीबार, साउन २८, २०८३

मेलम्चीलाई बेवास्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशीत अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयका समाचारलाई आफ्नो प्राथमिकतामा पारेका छन्। 

कान्तिपुर दैनिकले ढीलो हुँदै गएको मेलम्चीको विषयलाई लिएर समाचार प्रकाशन गरेको छ भने अन्नपूर्ण पोष्टले खर्चिलो न्याय ः एउटा मुद्दा लड्न यातायात खर्च मात्र १४ लाख शीर्षकको समाचार प्रकाशन गरेको छ। यस्तै नयाँ पत्रिका दैनिकले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा शुक्रबार सर्वोच्चले दिएको फैसलाका मुख्य विषयवस्तु बनाएर समाचार प्रकाशन गरेको छ। 

मेलम्चीलाई बेवास्ता शीर्षकमा कान्तिपुर लेख्छ, मेलम्ची आयोजनाको काम ठप्प भएको आठ महिना भयो। करिब ९७ प्रतिशत काम सकिएको राष्ट्रिय गौरवको यो आयोजना पूरा भए संघीय राजधानीका लाखौं बासिन्दा पिउने पानीको दैनिक समस्याबाट मुक्त हुने थिए। तर उपत्यकावासीलाई यो समस्याबाट छुटकारा दिलाउने जिम्मा पाएको खानेपानी मन्त्रालयको नेतृत्व लिइरहेकी मन्त्री विना मगरको प्राथमिकता भने मेलम्चीमा भन्दा अन्तै बढी भएजस्तो देखिन्छ।

गत पुसमा मुख्य ठेकेदार कम्पनी सीएमसी दि रिभेन्नाले ठेक्का तोडेयता आयोजनाको काम अघि बढ्न सकेको छैन। त्यसको करिब ६ महिनापछि मन्त्रिपरिषद् निर्णयबाट नयाँ ठेकेदार कम्पनी छनोट गरिए पनि सरकारले उसलाई काम गर्ने वातावरण बनाइदिन सकेको छैन। पुरानो मुख्य ठेकेदार सीएमसीले आफ्नो रकम नतिरेको भन्दै स्थानीयवासी र स्थानीय ठेकेदारले अहिले काम ठप्प पारिरहेका छन्।

यस्तै अन्नपूर्ण पोष्टले खर्चिलो न्याय : एउटा मुद्दा लड्न यातायात खर्च मात्र १४ लाख शीर्षकमा समाचार प्रकाशन गरको छ। 

अन्यायमा परेपछि अदालतबाट न्याय पाउने आस सबैमा हुन्छ। तर , न्याय प्राप्ति प्रकृयामा ठूलो रकम खर्च भएपछि पीडित निराश बन्न बाध्य हुन्छन्। त्रियुगा नगरपालिका ११ चप्पनकी देवीमाया कटुवाललाई यस्तै भएको छ। 

सरकार वादी एउटा मुद्दामा जिल्ला अदालतको त्रुटिपूर्ण फैसलाले अन्यायमा परेको भन्दै उनी तीन वर्षदेखि उच्च अदालत ओखलढुंगा धाइन्। उच्च अदालतले जिल्लाकै निर्णय सदर गर्यो। देवीमायासँग अदालतको फैसला स्वीकारर्नुको विकल्प थिएन। अझै अदालत धाउँदाको खर्च र पीडा थेगिनसक्नु थियो। अदालत धाउँदा ३ वर्षमा गाडी भाडा मात्र १४ लाख रुपैयाँ बुझाएको उनले बताइन्। खान, बस्न र कानुन व्यवसायीको खर्च बेग्लै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।