बुटवल- अविरल वर्षापछि आएको बाढीले बगाउँदा रुपन्देहीका एक युवक बेपत्ता भएका छन्। दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न जाँदा मर्चवार क्षेत्रस्थित सम्मरीमाई-३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई बाढीले बगाएको हो।
शुक्रबार बिहान करिब ६ बजे घटना घटेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्य नारायण थापाले जानकारी दिए। बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएका छन्।