बुधबार, साउन २७, २०८३

नख्खु कारागारमा कैदीबन्दीबीच झडप, एकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दामा जेलजीवन बिताइरहेका पूर्णबहादुर राजी रहेका छन्। राजीको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ। 

शुक्रबार दिउँसो एकआपसमा विवाद हुँदा सोही उद्योगमा सजाय काटिरहेका पवनकुमार महतोले ब्लकले प्रहार गरि राजीवको हत्या गरेका हुन्। दुबै जना वाहिर बसेर घाम तापिरहेका थिए। उनीहरु एक अर्काको जुम्रा हेरिरहेका बेला एक्कासी झगडा भएको बताइएको छ। उनीहरुबीच एक्कासी के कुरामा विवाद भएको भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।