बुधबार, साउन २७, २०८३

बालाजुमा मेलम्चीको पाइपमा फसेका २ जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा काठमाडौंको बालाजुमा २ जनाको मृत्यु भएको छ ।
 
महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनरसिंह राणाका अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय शिवकान्त साह, सुरेन्द्र साह रहेका छन् ।

बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा अक्सिजनको कमी भएर मृत्यु भएको डिएसी राणाले बताए ।
 
उनीहरुको चिन्ताजन अवस्थामा प्रहरीले उद्धार गरेको थियो । आधा घन्टा लामो प्रयासपछि उद्धार गर्दा चिन्ताजनक अवस्थामा भेटिएका दुवैलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको थियो । उनीहरुलाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेको थियो ।
 
शुक्रबार बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यहीँ अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।