बुधबार, साउन २७, २०८३

बालिका बलात्कारको आराेपी ६ वर्षपछि पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इलाम- ६ वर्षअघि बालिकालाई बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका वडा नं ५ का २९ वर्षीय सचिन रसाइली रहेका छन्। रसाइलीले विसं २०७० जेठ २१ गते इलाम नगरपालिकाकी एक बालिकालाई बलात्कार गरी फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार रसाइलीलाई विसं २०७० कात्तिक ३० गते जिल्ला अदालत इलामले दोषी ठहर गर्दै ९ वर्ष काराबासको फैसला सुनाएको थियो। 

अदालतले काराबास सुनाए पनि रसाइली फरार रहेपछि प्रहरीले खोजीकार्य चलाइरहेको थियो। रसाइली पक्राउ परेसँगै बिहीबारै कारागार चलान गरिसकिएको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।