काठमाडौं- केहि दिनदेखि कमजोर देखिएको मनसुनी गतिविधि पुनः सक्रिय हुने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर अवस्थित भएको र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सरेसँगै मनसुन पुनः सक्रिय हुन लागेको हो ।
आज देशभर सामान्य बदली भई केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा राति चाहिँ पश्चिमी पहाडका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
मौमस पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक÷दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै २४ घण्टे चेतावनी जारी गरेको छ।
महाशाखाले भनेको छ- 'देशको केही स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ।'
यस्तो हुनेछ अबका तीन दिनको मौसम
श्रावण १७ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण १८ गते (शनिबार )
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।
श्रावण १९ गते (आईतबार )
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४