बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाजुरामा पहिरोले घर पुर्दा आमा छोरीको मृत्यु, पाँच घाइते

बाजुरामा पहिरोले घर पुर्दा आमा छोरीको मृत्यु, पाँच घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाजुरा- अविरल वर्षासँगै आएको पहिरोमा परेर बाजुरामा आमा छोरीको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा बिहीबार राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेर पुर्दा उनीहरुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

पहिरोमा परी पाँचजना घाइते भएका छन्। घाइते हुनेमा ९० वर्षीय जङ्गे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन्। जङ्गे चदाराको गौमुल गाउँपालिकाको घटमुना शहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले बताए। थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको छ।

जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।