बुधबार, साउन २७, २०८३

टिपरबाट घुस लिने पाँच प्रहरी अख्तियारको फन्दामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काभ्रे- टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बु राजमार्गको विभिन्न पोस्टमा कार्यरत् प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो ।

बिहीबार साँझसम्मको स्थलगत अनुगमनकाक्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपरचालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

उनकाअनुसार मण्डनदेउपुर नगरपालिकास्थित हेलम्बु राजमार्गमा पर्ने हिगुवापाटी प्रहरीचौकीमा कार्यरत् प्रहरीजवान तेजप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा कार्यरत् हवल्दार रामहरि मानन्धर र जवान हरिप्रसाद बानियाँलाई टिपरचालकसँग घुस लिँदालिँदै पक्राउ गरिएको हो ।

साथै, पाँचखाल प्रहरीचौकीमा कार्यरत् हवल्दार भक्तबहादुर हायू र जवान ज्ञानबहादुर लाम्गाडेलाई अरनिको राजमार्गस्थित केराघारीबाट पक्राउ गरिएको छ ।

उजुरीका आधारमा स्थलगत अनुगमन गर्दा ती प्रहरीलाई पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताए ।

उनकाअनुसार ‘ओभरलोड’ तथा सडकमा पानी चुहाउन नियन्त्रण गरेको भन्दै ट्राफिक तथा जनपद प्रहरीले टिपरचालकसँग रकम असुल्दै आएका थिए ।

उजुरीमा प्रहरीले प्रतिटिपर चालकसँग मासिक रु दुई हजार असुल्दै आएको उल्लेख गरेपछि स्थलगत अनुगमन गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ गरिएका प्रहरीले टिपरसँग रु दुई हजार लिइएको अवस्थामा रंगेहात पक्रिएको हो । काभ्रेपलाञ्चोकस्थित अरनिको र बीपी राजमार्गमा दैनिक एक हजार ५०० टिपर गुड्ने गर्दछन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।