बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'म झण्डा हल्लाउन मन्त्री भएको होइन, मलाई परिणाम चाहिन्छ' 

'म झण्डा हल्लाउन मन्त्री भएको होइन, मलाई परिणाम चाहिन्छ' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयाँं कार्यशैली अपनाएको बताएका  छन्।

उनले जनताको अपेक्षालाई पुरा गर्न आफु अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिए। 

तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहीबार बोल्दै मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनी दिए।

उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए। 

‘अब प्रक्रिया मात्र भनेर हुँदैन्, तपाईहरुले तालिका बनाएर नै काम गर्नुपर्यो। सरकारले अघि सारेको कामलाई सफल पार्नु हामी सबैको दायित्व हो।’ मन्त्री पुनले भने।  

मन्त्री पुनले आफु झण्डा हल्लाउन मात्र मन्त्री नभएको भन्दै काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिए। 

‘काम नगर्ने हो भने पद ओगटेर मात्र बस्न कसैलाई पनि छुट छैन्, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन्।’ मन्त्री पुनले भने। 
नेकपाका नेतासमेत रहेका मन्त्री पुनले अब काम नगर्ने कर्मचारीसँग आफुले कुनै पनि हालतमा सम्झौता नगर्ने प्रस्ट पारे। उनले हरेक महिना मन्त्रालयमा समिक्षा बैठक राखेर कामको प्रगती विवरण लिने घोषणा समेत गरे।

‘चिनेका साथीभाई हुन् काम गरिहाल्छन् नी भनेर मैले भन्ने अवस्था छैन्, मलाई परिणाम चाहिएको छ। परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ।’ उनले भने।

कागजमा निर्देशन दिने र प्रगती देखाउने प्रवृतिलाई निरुत्साहित गर्नेुपर्ने भन्दै मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाको हकमा फिल्डमै गएर काम कारबाही बुझ्न र परिणाममुखी काम गर्न उनले सम्बन्धीत कार्यालय प्रमुखहरुको ध्यानाकर्षणसमेत गराए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।