बुधबार, साउन २७, २०८३

‘एशेज’ लडाइ सुरु, यी खेलाडी बन्‍न सक्छन् खतरनाक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको ७१ औं संस्करणको ‘एशेज सिरिज’ बिहीबारबाट सुरु भएको छ। ‘एशेज सिरिज’ को उपाधि दाबेदार इंग्ल्यान्डलाई मानीएको छ। 

भरखरै घरेलु मैदानमा आयोना भएको एकदिवसीय विश्वकपको उपाधि जितेको इंग्ल्यान्ड टिमको मनोबल उच्च भएकाले समेत उसलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ। 

यता अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ र डेविड वार्नरसँग ओपनर क्यामरुन बेनक्राफ्टको पुनरागनले अष्ट्रेलिया टोली बलियो बन्नेमा आशा गरीएको छ। यी तीन ब्याट्सम्यानलाई पछिल्लो वर्ष दक्षिण अफ्रिकामा बल टेम्परीङको आरोपमा प्रतिबन्ध लगाइएको थियो। 

स्मिथ र तत्कालिन उपकप्तान वार्नरलाई १२ महिनाका लागि निलम्बन गरिएको थियो। त्यस्तै बेनक्राफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाइएको थियो।

यी हुन् सिरिजमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडी

जोए रुट

इंग्ल्यान्ड टिमका कप्तान जोए रुट आफ्नो टोलीको संकटलाई दुर गर्ने खेलाडीको रुपमा चिनिन्छन्। उनले इंग्ल्यान्डलाई विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका खेलेका थिए। विश्वकपको ११ पारीमा रुटले दुई शतक र तीन अर्धशतक बनाएका थिए। दुई शतक र तीन अर्धशतकको मद्दतले रुटले ५५६ रन बनाउँदा उनको एकै पारीको उच्च स्कोर १०७ रहेको थियो। 

२८ वर्षीय रुट आफ्नो विश्वकपको प्रदर्शनलाई ‘एशेज सिरिज’ मा पनि दोहर्याउन चाहन्छन्। अष्ट्रेलियाविरुद्ध रुटले १९ टेस्टमा ४२.७८ को औसतका १ हजार ३६९ रन बनाएका छन्। जसमा ३ शतक र ९ अर्धशतक रहेका छन्। रुटले २८ टेस्टमा २ हजार १२४ रन बनाएका छन्। जसमा पाँच शतक र १४ अर्धशतक छन्। 

जेम्स एन्डरसन

इंग्ल्यान्डको इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी जेम्स एन्डरसनको पहिलो लक्ष्य यस ‘एशेज सिरिज’ मा ६०० विकेटको आँकडा पुरा गर्ने हुनेछ। ३७ वर्षीय अनुभवी तिब्र गतिका बलर जेम्सले ५७५ विकेट लिएका छन्। उनी ‘किङ्ग अफ स्विङ्ग’ को उपनामले पनि चिनिने गर्दछन्। 

जेम्सले १४८ टेस्ट खेलेका छन्। उनले टेस्टलाई मध्यनजर गर्दै एकदिवसीय र टी–२० क्रिकेट खेल्न छोडीसकेका छन्। यस सिरिजमा जेम्स र स्टुअर्ट ब्रोडको जोडी अष्ट्रेलिया ब्याट्सम्यानका लागि खतरानाक साबित हुन सक्ने छन्। 

जेम्सले अष्ट्रेलियाविरुद्ध ३१ टेस्टमा १०४ विकेट लिएका छन्। उनको बेस्ट प्रदर्शन एक पारीमा ४७ रन दिएर ६ विकेट रहेको छ भने एक टेस्टमा १५८ रन दिएर १० विकेट रहेको छ। 

बेन स्टोक्स

अनुभवी तथा अलराउण्डर बेन स्टोक्सबाट इंग्ल्यान्ड टिमले ठुलो आशा गरेको छ। घरेलु मैदानमा आयोजन भएको एकदिवसीय विश्वकपमा स्टोक्सले ११ खेलमा ५ अर्धशतक सहित ४६५ रन जोडेका थिए। स्टोक्सले अष्ट्रेलियाविरुद्ध हालसम्म कुल ९ टेस्ट खेलेका छन्। जसमा उनले ४८० रन जोडेका छन्। यस दौरान उनले एक शतक र तीन अर्धशतक बनाएका छन्।

डेविड वार्नर

अष्ट्रेलिया टिमका ओपनर ब्याट्सम्यान डेविड वार्नर यस समय सानदार लयमा छन्। वार्नरले बल टेम्परीङको आरोपमा एक वर्षको निलम्बन पछि आइपिएल २०१९ मा धमाकेदार पारी खेलेका थिए। उनले पछिल्लो आइपिएलको १२ खेलमा ६९२ रन जोडेका थिए। 

वार्नरले विश्वकपका १० खेलमा ६४७ रन जोडे। जसमा ३ शतक र ३ अर्धशतक छन्। ३२ वर्षीय वार्नरले अहिलेसम्म ७४ टेस्टमा ६ हजार ३६३ रन बनाएका छन्। जसमा २१ शतक र २९ अर्धतक छन्। इंग्ल्यान्डविरुद्ध वार्नरले १८ टेस्टमा ४९.०३ औसतमा १ हजार ५२० रन बनाएका छन्। यस दौरान उनले ३ शतक र ११ अर्धशतक बनाएका छन्। 

मिचेल स्टार्क

यदी अष्ट्रेलियाका तिब्र गतिका बलर मिचेल स्टार्क पूरा फिट हुन्थे भने उनी ‘एशेज सिरिज’ मा आफ्नो स्विङ बलिङले इंग्ल्यान्डको ब्याटिङलाई ध्वस्त पार्न सक्ने क्षमता राख्दथे। स्टार्क गत विश्वकमा सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले १० खेलमा सर्वाधिक २७ विकेट लिएका थिए। 

अष्ट्रेलियासँग स्टार्क लगायत जेम्स पेटिन्सन, पीटर सिडल, प्याट कमिन्स र जोश हेजलवुड छन्। जो कुनै पनि ब्याटिङलाइनलाई तहसनहस गर्न सक्छन्। स्टार्कले ५१ टेस्टमा २११ विकेट लिएका छन्। उनले इंग्ल्यान्डविरुद्ध १२ टेस्टमा ५१ विकेट लिएका छन्। उनले इंग्ल्यान्डमा नै खेलेका ८ टेस्टमा २९ विकेट लिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।