बुधबार, साउन २७, २०८३

समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - समाजवादी पार्टीका नेतामाथि कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा गोली प्रहार भएको छ। पार्टीका स्थानीय नेता रामनयन यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो।

बिहीबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको र उनीहरुको पहिचान भइनसकेको प्रहरीले जानकारी दिएको छ। नेता यादवको पाखुरामा गोली लागेको छ। उनको अवस्था भने सामान्य रहेको र तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख विग शमशेर राणाले घाइते यादवले तीन जनाविरुद्ध किटानी जाहेरी दिएको बताए। यादवले जाहेरी दिएकामा शुद्धोधन गाउँपालिका- ५ शिवलवा बस्ने लाला भन्ने हुमनाथ चौधरी, सोही गाउँपालिका वडा नं. ४ बिठुवा बस्ने अनिल चौधरी र सोही गाउँपालिका वडा नं. ५ दोहनी बस्ने लौकुस चौधरी रहेका छन्। उनीहरु नेकपाका कार्यकर्ता रहेका राणाले बताए। यादव तत्कालीन माओवादीविरुद्धको प्रतिकार समितिका संयोजक रहेका र उनीहरुबीच पहिले देखि नै विवाद रहेको उनले बताए।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।