बुधबार, साउन २७, २०८३

'कर्नेल' महेन्द्र सिंह धोनीको ड्युटी सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- प्रदेश सेनाको मानार्थ लेफ्टिनेन्ट कर्नेल बनेका भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले सबैभन्दा बढी द्वन्द्वग्रस्त क्षेत्र कश्मिरमा सैन्य ड्युटी सुरु गरेका छन्। 

आगामी दुई हप्ताका लागि धोनीले १९ किलो वजनका साथ आम सैनिक सरह गस्ती गर्नेछन्। उनी अहिले कश्मिरको अवान्तीपोरामा छन्।

लेफ्टिनेंट कर्नल महेंद्र सिंह धोनी
आफ्नो जिम्मेवारी सम्हाल्न बुधबार धोनी अवान्तीपोरा पुगेका हुन्। त्यहाँ उनी १०६ टीए बटालियन प्याराट्रुपरसँग आगामी १५ अगस्टसम्म रहनेछन्।

लेफ्टिनेंट कर्नल महेंद्र सिंह धोनी
अधिकारीहरुका अनुसार कर्नेल धोनीको युनिट भिक्टर फोर्सको हिस्साका रुपमा उक्त क्षेत्रमा परिचालित छ। 

धोनीको अनुरोधमा गत हप्ता सेनाको मुख्यालयले उनलाई सेनामा सेवा गर्ने सहमति दिएको थियो।

लेफ्टिनेंट कर्नल महेंद्र सिंह धोनी
उनलाई सन् २०११ मा लेफ्टिनेन्ट कर्नेलको मानार्थ दर्जा दिइएको थियो। पाँच प्याराशुट तालिम जम्प पुरा गरेपछि उनी प्यारासुटर बनिसकेका छन्।

लेफ्टिनेंट कर्नल महेंद्र सिंह धोनी
प्रादेशिक सेना सेनाको एउटा महत्वपूर्ण हिस्सा हो। त्यसको भूमिका नियमित सेनालाई स्थानीय गतिविधिबाट छुट्कारा दिनु तथा प्राकृतिक प्रकोपहरुको समयमा राहत तथा उद्दारमा खटिनु एवम् नागरिक प्रशासनको सहयोग गर्नु हो।

लेफ्टिनेंट कर्नल महेंद्र सिंह धोनी
धोनीको साथमा यी सामान हुनेछन्।

राइफल ५ किलो
जुता २ किलो 
बर्दी ३ किलो
बुलेट प्रुफ ज्याकेट ६ किलो 
हेलमेट १ किलो
अन्य सामान २ किलो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।