बुधबार, साउन २७, २०८३

उपकरण नहुँदा स्वास्थ्य चौकीमै सुत्केरीको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

हुम्ला- हुम्लाको सर्केगाड स्वास्थ्य चौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ। 

बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्य चौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो।

टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृत्यु भएको स्वास्थ्य चौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए।

मृतक टमटालाई बुधबार बिहानबाट सुत्केरी व्यथा लागेसँगै स्वास्थ्य चौकीमा पुर्‍याइए पनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुबैको मृत्यु भएको प्रमुख मगियाले जानकारी दिए।

स्थ्य चौकीमा प्रसूतिका साधनको कमीले आमा र बच्चा दुबैलाई बचाउन नसकिएको उनले जानकारी दिए।

दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्य चौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले अकालमै ज्यान गुमाउने गरेका छन्। जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनु परेको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।