बुधबार, साउन २७, २०८३

बजारमा नक्कली १ हजारका नोट छ्यापछ्यापती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- नेपाली एक हजार रुपैयाँका नक्कली नोट बजारमा छ्यापछ्यापती भेटिन थालेको छ। पछिल्लो पटक  कैलाली जिल्लाका दुई स्थानमा एकै दिन नक्कली नोट भेटिएका छन् । 

विशेषगरी रातिका समयमा अपरिचित व्यक्ति पसलमा सामान किन्ने क्रममा झुक्याएर एक हजारको नक्कली नोट भिडाउने  गरेको पाइएको छ । मंगलबार राति जिल्लाको कैलारी गाउँपालिका–२ मण्डीस्थित दयाशंकर चौधरीको होटलबाट एक नक्कली नोट फेला परेको  छ । 

रातिको समयमा पसलमा आएको अपरिचित ग्राहकले नक्कली एक हजारको नोट दिएको चौधरीले बताएका छन्  । 

नक्कली नोट फेला परेपछि गाउँपालिकास्थित विभिन्न स्थानमा प्रहरीले नक्कली नोट देखाउँदै सार्वसाधारणलाई सचेत गराउन थालेको ईलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायव निरीक्षक रामचन्द्र पन्तले जनाए ।

पैसाको कारोबार गर्दा राम्ररी पहिचान गरेर मात्रै कारोबार तथा लेनदेन गर्न अनुरोध गर्दै नक्कली नोटवारे ठाउँ–ठाउँमा सचेतीकरण गराइरहेको पन्तले बताए ।

धनगढीमा पनि नक्कली नोटहरु भेटिएका छन् । बुधबार सक्कली जस्तै देखिने एक हजारको नक्कली नोट धनगढीको पिपल चौतारास्थित तरकारी पसलमा फेला परेको छ ।

प्रहरीका अनुसार नक्कली नोट सक्कली भन्दा सानो छ । भने चौडाई पनि कम छ । सुरक्षाका लागि नोटमा राखिने धागो नक्कली छ । सामान्यतः नोटमा कागजको गुणस्तर, धागो, पानी छाप हेरेर सक्कली हो वा नक्कली भनेर छुट्ट्याउन सकिने हुन्छ ।

तर कारोबारीहरुले रातिको समयमा झुक्याउने हुुँदा राम्ररी पहिचान गरेर मात्रै लेनदेन गर्न प्रहरीले अनुरोध गरेको छ । केही दिन पहिले मात्र एक सय दरका ४० हजार नौ सय भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिक धनगढीमा पक्राउ परेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।