बुधबार, साउन २७, २०८३

भैरहवामा मनाइयो खीर महोत्सव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- साउन १५ भन्दा बित्तिकै धेरैले खीर सम्झीने गर्दछन्। पहाडी क्षेत्रमा साउन १५ लाई विशेष दिनका रुपमा मनाउने गरिन्छ। पछिल्लो समय शहर बजारमा पनि यसको महत्व बढ्दै गएको छ।

यसैबीच खीर खाने दिनको अवसर पारेर सिद्धार्थ होटल एशोसियन भैरहवाले खीर महोत्सव कार्यक्रम नै सम्पन्न गरेको छ। 

देवकोटा चोकमा आयोजित खीर उत्सब कार्यक्रममा खीरको महत्व दर्शाउँदै होटल रेष्टुरेन्टहरुमा खीरलाई डेजर्टको रुपमा प्रस्तुत गर्नु पर्नेमा सहभागीले जोड दिएका थिए।

देवकोटा चोकमा खीर उत्सवमा सहभागी सिद्धार्थनगर उप प्रमुख उमा काफ्लेले खीर नेपालीहरुको मनपर्ने परिकार भएको बताईन्। उनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर होटल व्यवसायीले खीरको परिकारको प्रबद्र्धन गर्नुपर्ने बताईन्।

सो अवसरमा नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट नाट्टा प्रदेश ५ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले भगवान बुद्धलाई सुजताले खीर खुवाएको रात नै ज्ञान प्राप्त भएको प्रसंग उल्लेख गर्दै संसारका बौद्धमार्गीहरुको प्रमुख गन्तव्य स्थल लुम्बिनी क्षेत्रमा खीरको ऐतिहासिक महत्वलाई प्रसार गर्न ट्राभल व्यवसायी लाग्ने बताए।

सिद्धार्थ होटल संघका उपाध्यक्ष किशोर जोशीले शानमा आबद्ध सबै होटलमा खीरलाई डेर्जटको रुपमा राखिने बताए। सो अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यापार संगठनका अध्यक्ष नारायण भण्डारी, शानका उपाध्यक्ष विष्णु गौतम, मेघनाथ आचार्य लगायतले खीरलाई पर्यटक लक्षित ढंगले हरेक होटलको मेनुमा राखीने बताए।

खीर उत्सव कार्यक्रमका संयोजक तथा सिद्धार्थ होटल संघका कोषाध्यक्ष भोज क्षेत्रीले खीरलाई अब होटल रेष्टुरेन्टमा डेजर्टमा राखीने ब्रान्डका रुपमा बिस्तार गर्न सबै लाग्नुपर्ने बताए। कार्यक्रममा उपस्थित अतिथी लगायत अन्य बटुवा समेत गरी करिब २५० जनाले खीर खाएको आयोजकले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।