बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं भ्यु टावरका ठेकेदारसहित चारजनाविरुद्ध मुद्दा

काठमाडौं भ्यु टावरका ठेकेदारसहित चारजनाविरुद्ध मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्यु टावर निर्माण गर्ने जिम्मा पाएका मनोज कुमार भेटवालसहित चारजना विरुद्ध विदेशी विनिमय अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। 

भेटवाल सञ्चालक रहेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिले भ्यु टावर निर्माण गरिरहेको छ। 

राजस्व अनुसन्धान विभागले भेटवालसहित उनका सहयोगी निशा गुरुङ, राजकुमार विष्ट र शिव विष्ट विरुद्ध चार करोड ६० लाख ८२ हजार विगो कायम गरी विगोको तीन गुणा रकम तथा तीन वर्ष कैदको माग गरी अदालतमा मुद्दा दायर गरेको हो। 

विभागले आरोपित राजकुमार विष्टबाट सिंगापुरबाट भ्यु टावर निर्माणमा लगानीको लागि हुन्डी गरि पठाएको चेक, क्यास र विभिन्न बैंकको भौचरसमेत गरी ६० लाख ८२ रुपैयाँ बरामद गरेको थियो। 

विष्ट निशा गुरुङ अभिताभ मल्टी प्रपोज प्रा.लिकी सन्चालक हुन् भने विष्ट द्धय सो कम्पनीमा काम गर्ने कर्मचारी हुन्। 

गुरुङले सिंगापुरमा रहेका आफन्त र साथिहरुलाई काठमाडौंको भ्युटावर निर्माणमा लगानी गर्न आग्ह गर्दे हुन्डी मार्फत रकम संकलन गर्ने गरेकी छिन्।

उनको कम्पनी अभिताभले करोडौको कारोबार गरेपनि आन्तरिक राजस्व कार्यालयमा भने शुन्य विवरण बुझाउदै आइरहेकी थिइन्।

कम्पनीको बैंक खातामा भने लाखौको कारोबार हुने तर राजस्व कार्यालयमा भने शुन्य विवरण बुझाएको पाएपछि विभागले कम्पनीमा छापा मारेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।