बुधबार, साउन २७, २०८३

नवनियुक्त मन्त्री भट्टराईले लिए सपथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन  मन्त्री योगेश भट्टराईले सपथ लिएका छन्।

गत प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित नेता भट्टराईले बुधबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मन्त्री भट्टराईको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित थिए। 

अनेरास्ववियूका अध्यक्षबाट मूलधारको राजनीतिमा प्रवेश गर्दै ताप्लेजुङ जिल्लाबाट सांसद पदमा निर्वाचित योगेश भट्टराई तत्कालिन एमालेको सचिव र प्रचार विभाग प्रमुख भएर काम गरिसकेका छन्। 

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमै भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो मन्त्री पद खाली थियो। 

मन्त्री योगेश भट्टराईको छोटो चिनारी

नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो। 

उनका बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो। 

भट्राईले समाजशास्त्र र मानवशास्त्र विषयमा स्नातकोत्तर गरेका छन्। 

आफ्नो विद्यार्थी जीवनमा झापा विद्रोह देखेका भट्टराईलाई आफ्नो गृह जिल्लामा पनि कम्युनिष्ट गतिविधि देख्दा वामपन्थी राजनाीतिमा झुकाव बढेको थियो। 

भट्टराईले २०३७ सालमा अनेरास्ववियुको राजनीति थालेका हुन्। बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गरे।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उनले पटक पटक भाग लिए। २०५१ सालमा उनी अनेरास्ववियूको अध्यक्ष भए। 

त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्य र सचिवसम्म बने। हाल उनी नेकपाको स्थायी समिति सदस्य छन्। 

नेता भट्टराई २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट उम्मेद्वार बने पनि पराजित भएका थिए।

गत प्रतिनिधिसभा निर्वाचनमा गृहजिल्ला ताप्लेजुङबाटै निर्वाचन जितेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।