बुधबार, साउन २७, २०८३

'विप्लव' समूहले रौतहटको वडा कार्यालय जलायो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले रौतहटको चन्द्रपुर नगरपालिका–३ को वडा कार्यालय जलाएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आगलागीका कारण वडा कार्यालयका कम्प्युटर, कुर्सी  र काजजपत्र जलेर नष्ट भएका छन्। वडा कार्यालय जलाउने विप्लव समूहका रौतहट सदस्य  रेउ प्रसाद मैनाली पक्राउ परेका छन्। मैनाली पूर्व माओवादीका लडाकु समेत रहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान कार्यालय खुल्नु पहिले कार्यालयमा आगो लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।