बुधबार, साउन २७, २०८३

विप्लप समूहले कब्जा गर्‍यो  ४४ विगाह जग्गा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कैलालीको बर्दगोरीया गाउँपालिकामा झण्डै ४४ विगाह जग्गा कब्जा गरेको छ। यसअघि तत्कालिन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा विप्लव समूहले कब्जामा लिएको हो। 

बर्दगोरिया जनपरिषद् प्रमुख अनुकुलको नेतृत्वमा उक्त जग्गामा व्यानर टाँसेर कब्जा गरेको जनाइएको छ।
 
विप्लवले स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ विघा जमिनसंगै घर, देवबहादुर मल्लको आठ विघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन कब्जा गरेको हो। माओवादीले कब्जा गरेको जग्गा दलाल र भूमाफिया मिलेर बिक्री वितरण गरिरहेको आरोपमा जग्गा कब्जा गरिएको जनाइएको छ।

घरजग्गामा टाँसिएको व्यानरमा सो जग्गा बिक्री वितरणमा संलग्नलाई भौतिक रुपमा कारबाही गरिने चेतावनीसमेत दिइएको छ । सो स्थानमा प्रहरी टोली परिचालन गरिएको छ। जिल्लामा  विप्लव नेतृत्वको नेकपाले जग्गा कब्जा गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ। केही दिन पहिले टीकापुरमासमेत एक व्यक्तिको घर विप्लप समूहले कब्जा गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।