बुधबार, साउन २७, २०८३

बाढी प्रभावित क्षेत्र पुग्यो मेमोरियल अस्पताल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – काठमाडौंस्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

अस्पताल ट्रस्टकी सदस्य अनामिका निधिको नेतृत्वमा पुगेको टोलीले बुधबार बाढी प्रभावित रौतहटको दुर्गा भगवती गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

गत अषाढको अन्तिम साता अबिरल वर्षाका कारण प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्ला प्रभावित भएको छ।

अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी बाढी प्रभावित लाभान्वित भएको ट्रस्टकी सदस्य निधिले बताएकी छिन्। अस्पतालबाट पुगेका विभिन्न चिकित्सक तथा स्वयंसेवकसहितको टोलीले बाढी प्रभावितहरुको स्वास्थ्य जाँचगरी सेवा प्रदान गरेको उनले जानकारी दिइन्।

अबिरल वर्षापछि आएको बाढीका कारण सयौं परिवार घरबारविहीन हुनका साथै उनीहरुको स्वास्थ्यमा आउनसक्ने प्रतिकूल असरबाट जोगाउन स्वास्थ्य शिविरको आयोजना गरिएको उनको भनाइ छ।

‘विपत्त आएको बेला सम्पूर्ण देशबासी एक भएर अगाडि बढ्नु जरुरी हुन्छ,’ उनले भनिन्, ‘पीडितहरुलाई स्वास्थ्य उपचार जरुरी रहेको जानकारी पाउनसाथ उपलब्ध स्रोत साधन परिचालन गरेर शिविर सञ्चालन गरेका हौँ।’ बुधबार दुर्गा भगवती गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको अस्पतालले बिहीबार रौतहटको राजदेवी नगरपालिकामा शिविर सञ्चालन गर्ने निधिले जानकारी दिइन्।

रौतहटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा डा.कृष्णबहादुर राउत, डा. सरोजप्रसाद साह, डा.रीता महासेठ, डा.रोजी शर्मा, ट्रस्टका सदस्य निलु कर्ण, विश्वास विक्रम, उमेश पूर्वे, कुनाल मिश्र, दीपक मिश्र, सन्दीप मिश्र, निरज मिश्र, सीताराम यादव, अकुलप्रसाद साह, निरज यादवलगायत अस्पतालमा कार्यरत नर्सहरुको उपस्थिती रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।