बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद्‍मा कांग्रेस र राजपाकाे नाराबाजी : भाेलिसम्म बैठक स्थगित

संसद्‍मा कांग्रेस र राजपाकाे नाराबाजी : भाेलिसम्म बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- विपक्षी नेपाली कांग्रेस र राजपाले प्रतिनिधि सभाको बुधबार (आज)को बैठक पनि अबरुद्ध गरेका छन् ।

सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपा सांसदहरु नाराबाजी गरेपछि संसद् बैठक अवरुद्ध भएको हो । 

बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्न पुगेका थिए । उनीहरुले संसदमा नारावाजी समेत गरेका छन् ।

सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर, संसदीय छानवीन समिति गठन गर, निर्मला पन्तका हत्यारालाई कारवाही गर’जस्ता नारा लगाएका छन् ।

सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए । तर, सभामुखको आग्रहलाई वेवास्ता गर्दै सांसदहरुले नाराबाजी गरेका थिए । 

कांग्रेस र राजपाका सांसद्हरुले करिब १ घण्टा नाराबाजी गरेपछि सभामुख महराले संसद् बैठक बिहीबार दिउसो २ बजेसम्मका लागि स्थगित गरेका छन् ।  

यसअघि सोमबार पनि विपक्षी दलहरुले संसद् बैठक अवरुद्ध गरेका थिए । सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद् चल्न नदिने उनीहरुको अडान छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।