मंगलबार, वैशाख २५, २०८१

भेरी-बबई आयोजना समयमै सक्न गाह्रो, अझै भएन मुआब्जा वितरण

दुई वर्षअघि उत्साहजनक रुपमा अघि बढेको राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पछिल्लो दुई वर्षको प्रगति निराशाजनक देखिएको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

देव राना

देव राना

शुक्रबार, भदौ ११, २०७८

सुर्खेत- दुई वर्षअघि उत्साहजनक रुपमा अघि बढेको राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पछिल्लो दुई वर्षको प्रगति निराशाजनक देखिएको छ।

triton college

आयोजनाको दोस्रो चरणअन्र्तगत हेडवक्र्स र पावरहाउस निर्माणका कार्य पर्दछ। जसमा आयोजनाको बाँधस्थल सुर्खेतको भेरीगंगास्थित चिप्लेमा स्वचालित गेट, पेनस्टक, स्टिल लाइनिङ, बबईमा विद्युत्गृह, टर्बाइन, विद्युतीय उपकरण र सवस्टेशन निर्माणलगायतका काम छन्।

दुई वर्षदेखि जारी दोस्रो चरणको काम सक्नुपर्ने अवधि ४८ महिना हो। सम्झौताअनुसार दुई कम्पनीले अबको दुई वर्ष अर्थात २०८० भित्र यो काम सम्पन्न गरी सक्नुपर्ने हुन्छ। तर दुई वर्ष पुगिसक्दा पनि कामको प्रगति भने जम्मा ३० प्रतिशत जति मात्रै सकिएको छ। जबकी दुई वर्षमा ५० प्रतिशत काम सम्पन्न हुनुपर्ने थियो।

बाँकी रहेको दुई वर्षमा आयोजनाको ७० प्रतिशत काम सक्नुपर्ने हुन्छ। यद्यपि तोकिएको अवधिमा काम नसकिए समय थप्नुको विकल्प छैन।

२०७६ साउन १५ गतेदेखि दोस्रो चरणको काम चिनिया कम्पनीसहित रमण जेभीले निर्माणको जिम्मा लिएका छन्। कूल ६ अर्ब १६ करोड ५२ लाखमा निर्माणको ठेक्का लिएका कम्पनीहरूको दोस्रो चरणको प्रगति निराशाजनक छ।

‘अहिलेसम्म आयोजनाको कूल भौतिक प्रगति ४८ प्रतिशत मात्रै भएको छ,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अविनाशी सिग्देलले भने, ‘कोरोना महामारीका कारण दोस्रो चरणको काम त मुश्किलले ३० प्रतिशत भयो।’

corrent noodles
Metro Mart

कोरोना महामारीका कारण दोस्रो चरणको सुरुवातमै आयोजनाको काम प्रभावित भएको उनको भनाइ छ।

‘सुरुवाती चरणमा महामारीले ठूलो असर गर्‍यो। मजदुरहरू संक्रमित भए। यहीकारण कामले गति लिन सकेन,’ उनले भने, ‘काम रोकेनौं तर निर्माण सामग्री र सबै मजदुर काममा खटाउन नसकिँदा काम ढिला भयो।’

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा पनि आयोजनाको काम रोकिएको थिएन। तर निर्माण सामग्रीको अभावका कारण निर्माण कम्पनी नै बन्द भएपछि सरिया, सिमेन्टजस्ता अत्यावश्यक निर्माण सामग्री अभाव हुन पुगेको थियो।

यही कारण दोस्रो चरणको काम सन्तोषजनक रुपमाले अगाडि बढ्न नसकेको आयोजनाले जनाएको छ। २०७६ साउन १५ गतेदेखि दोस्रो चरणको काम चिनिया कम्पनीसहित रमण जेभीले निर्माणको जिम्मा लिएका छन्। कूल ६ अर्ब १६ करोड ५२ लाखमा निर्माणको ठेक्का लिएका कम्पनीहरूको दोस्रो चरणको प्रगति निराशाजनक छ।

भेरी बबई आयोजना सञ्चालन हुँदा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकवेशीको ३२ हेक्टरभन्दाबढी जग्गा डुवानमा पर्छ।

पहिलो चरणमा आयोजनाले नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ निर्माण गरेरपछि चर्चा बटुलेको थियो। अहिलेसम्म आयोजनाको १२.२० किलोमिटर लामो र ४.२० मिटर व्यास भएको सुरुङ निर्माण भइसकेको छ। यो आयोजना सम्पन्न भएपछि बाँके र बर्दियामा सिचाइँ सुविधा पुग्नेछ भने विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।

मुआब्जा वितरणमा ढिलाइ

भेरी बबई आयोजना सञ्चालन हुँदा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकवेशीको ३२ हेक्टरभन्दाबढी जग्गा डुवानमा पर्छ। जसमध्ये झण्डै २३ हेक्टर जग्गा ऐलानी छ। तर आयोजना सञ्चालनमा आएको लामो समय भइसक्दा पनि ऐलानी जग्गाको मुआब्जा दिएको छैन।

२२ दलमलव ८१ हेक्टर ऐलानी जग्गाको मुआब्जाको बारेमा आवश्यक कार्यविधि समेत बनेको छैन। ऐलानी जग्गा धनीलाई के–कति मुआब्जा दिने भनेर निर्धारण नभएका कारण मुआब्जा वितरण गर्न नसकिएको आयोजनाको भनाइ छ।

मुआब्जा निर्धारणको लागि आयोजनाले विभागमा फाइल पेश गरेको छ। मन्त्रिपरिषद्ले मुआब्जा रकम निर्धारण गरेपछि छिट्टै ऐलानीलाई समेत मुआब्जा वितरण गर्ने आयोजनाले जनाएको छ।

डुबानमा पर्ने ऐलानी जग्गा मध्ये साढे ६ हेक्टर जग्गाको फिल्डबुकमा दर्ता भएका छन्। तर लालपुर्जा प्राप्त गरेका छैनन्। कुल जग्गामध्ये झण्डै दुई हेक्टर जग्गाको दर्तासमेत भएको छैन। तर लामो समयदेखि प्रभावितहरूले भोगचलन गर्दै आएका छन्। आयोजनाले हालसम्म झण्डै नौ हेक्टर जग्गाको मात्रै मुआब्जा वितरण गरेको छ।

प्रकाशित: Aug 27, 2021| 09:31 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।