बुधबार, साउन २७, २०८३

कसले हान्यो वडा कार्यालयमा पेट्रोल बम ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नुवाकोट- अज्ञात समूहले नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर–१ को कार्यालयमा पेट्रोल बम प्रहार गरेको छ ।

मंगलबार राती ११ बजेर ३५ मिनेटको समयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गर्दा वडा भवनको दुई कोठामा क्षती पुगेको छ ।

वडा अध्यक्ष र सचिवको कोठामा रहेको कागजपत्र, फर्निचर, कम्युटर लगायतको सामाग्री जलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
  
बम प्रहारसँगै भएको आगलागी राती १ बजे मात्रै नियन्त्रणमा आएको थियो । बम प्रहार गर्ने अज्ञात समूह फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

स्थानीय तहको निर्वाचन पछि प्रयोग विहिन अवस्थामा रहेको युवा क्लवको भवन वडाले मर्मत सम्भार गरी वडा कार्यालयले प्रयोग गर्दै आएको थियो ।

भवनमा रहेको ४ कोठा मध्ये २ कोठामा क्षती पुगेको वडा अध्यक्ष चन्द्रबहादुर बलामीले बताए ।

आगलागीको बिषयमा नेकपा बिप्लब नेतृत्व माओबादीले जिम्मेवारी लिएको नुवाकोट सेक्रेटरी बिन्तोस शिलवालले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।