बुधबार, साउन २७, २०८३

साइकलमैत्री शहर बन्दै ललितपुर  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर - ललितपुर महानगरपालिकाले साइकल यात्रुको सुरक्षा र सहजताका लागि कानुन निर्माण गर्ने भएको छ। स्थानीय तहले कानुन बनाउन पाउने अधिकार प्रयोग गरी महानगरले ऐन बनाउन लागेको हो। 

महानगरले नेपाल साइकल सोसाइटीलाई कानुनको प्रारम्भिक खाका बनाउन जिम्मा दिएको छ। 

महानगरका प्रमुख चिरीबाबु महर्जनले भने, ‘कानुन बनाउँदा ललितपुरलाई साइकल सिटी बनाउन सजिलो हुनेछ। ’ यसले साइकलमा यात्रुलाई प्रोत्साहित गर्ने उनले बताए। सोसाइटीले तयार पारेको प्रारम्भिक खाकालाई महानगरको विधेयक समितिले कानुनको ढाँचा दिन्छ। नगरसभाले अनुमोदन गरेपछि उक्त कानून कार्यान्वयनमा आउँछ। 

सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले कानुन साइकल यात्रुको सुरक्षामा केन्द्रित हुने बताए। त्यसैगरी साइकल प्रयोग गर्न प्रेरित गर्ने विषयलाई कानुनको मस्यौदामा राख्ने जानकारी दिए। उनले भने, ‘ नेपालमा साइकलयात्रु प्राथमिकतामा छैनन  उनीहरुलाई महत्व दिइदैन, यस्तो अवस्थामा बन्न लागेको कानुनले साइकल यात्रा सुरक्षित र सहज हुन्छ। ’ 

मस्यौदामा साइकल यात्री दुर्घटना पर्दा पाउने क्षतिपूर्ति, सडकमा साइकलमा चढ्नेलाई अन्य सवारी साधन चढ्नेले गलत व्यवहार गरे, त्यस वापत उसले तिर्नुपर्ने जरिवाना, सडकमा साइकल चलाउँदा साइकल यात्रुले पालना गर्नुपर्ने नियमहरु उल्लेख गरिने बताए। त्यसैगरी साइकल चढ्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारी निकायमा कार्यरत कर्मचारी , राजनीतिज्ञ, नेताले कम्तीमा साताको एक दिन साइकल चढ्नुपर्ने कुरा समेत उल्लेख गरिने बताए। 

सोसाइटीका अध्यक्ष श्रेष्ठले भने, ‘विद्यालयदेखि नै साइकल चढ्न प्रेरित गर्न सके , ललितपुरलाई छिट्टै साइकल सिटी बनाउन सकिन्छ। ’ उनका अनुसार साइकल सिटी बन्नका लागि विभिन्न चरणमा काम पुरा हुनुपर्छ। 

महानगरले पहिलो चरणमा कुपण्डोलदेखि लगनखेलसम्म साइकल लेन बनाउन (अन्य सवारीसाधनसँग मिलेर चलाउनुपर्ने) , सेग्रिगेटेड वा डेडिकेटेड (साइकलका लागि मात्रै छुट्याइएको ) गरी दुई किसिमले साइकल लेन बनाइन्छ। प्रायटायजमा चार दशमलव ५७ किलोमिटर पर्छ। सेग्रिगेटेडमा ० दशमलव ४२ किलोमिटर सडक पर्छ। साइकल लेनको लागि महानगरले आर्थिक वर्ष २०७५/२०७६मा ५० लाख रुपैयाँ छुट्याएको थियो। 

नगरप्रमुख महर्जनले ललितपुरलाई साइकल सिटी बनाउन लेनको योजना अघि बढाएको बताए। उनका अनुसार आर्थिक वर्ष २०७६/२०७७मा पनि महानगरले बजेट विनियोजन गरेको छ।

साइकल प्रयोगकर्तालाई प्रोत्साहित गर्न लेन बनाउन लागिएको नगरप्रमुख महर्जनले बताए। उनले भने ,‘ साइकलमैत्री सडकमा प्रदुषण कम हुन्छ , सहर सफा हुन्छ। ’ महानगरको पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट चारवटा साइकल लेन बनाउने योजना छ। ललितपुर महानगर पहिलो साइकल मैत्री सहर हुने नेपाल साइकल सोसाइटीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।