बिहीबार, वैशाख ३, २०८३

पिएसजीको जितमा एमबाप्पे र काभानीको गोल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रेन्च लिग वान च्याम्पियन क्लब पेरिस सेन्ट जार्मन (पिएसजी)ले मैत्रिपूर्ण खेलमा सिडनीलाई पराजति गरेको छ । चीनमा मंगलबार भएको क्लब मैत्रिपूर्ण खेलमा अष्ट्रेलियन ए लिग क्लब सिडनीलाई ३-० गोलले पराजित गरेको हो । 

पिएसजीको जितमा युवा स्टार केलियन एमबाप्पे, एडिसन काभानी र मेहेतन गुक्लुले एक एक गोल गरे । पहिलो हाफमा दुबै गोल सम्भव भएका थिए भने एक गोल दोस्रो हाफमा भएको थियो। खेलको ३८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रैता दिलाए । 

उनले जुआन बेर्नटको पासमा गोल गरेका हुन् । त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट बाँकी हुँदा काभानीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । त्यसपछि दोस्रो हाफमा थप आक्रमक खेल खेल्दै पकड जमाए पनि पिएसजीले थप गोल गर्न लामाे समयको प्रतिक्ष गर्नु पर्यो । खेल सकिन १ मिनेट बाँकी हुँदा मेहेतन गुक्लुले गोल गरे । 

यस खेलमा चीन पुगेका ब्राजिलियन स्टार स्ट्राइकर नेयमार भने मैदानमा उत्रिएनन् । उनी भर्खरै चोट मुक्त भएकाले मैदानमा उतारेर रिस्क नलिएको प्रशिक्षक थोमस टुचेलले बताएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।