बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जर्मन सहरमा पिज्जा डेलिभरीको काम गर्दै अफगानिस्तानका पूर्व मन्त्री

जर्मन सहरमा पिज्जा डेलिभरीको काम गर्दै अफगानिस्तानका पूर्व मन्त्री

विश्वको प्रसिद्ध विश्वविद्यालयबाट दुई–दुई वटा विषयमा मास्टर्स गरेको मान्छेले के काम गर्ला जस्तो लाग्छ? त्यसमाथि पूर्वमन्त्री पनि रहेका मान्छेले कुनै ठूलै काम गरिरहेको होलान् भन्ने अनुमान गरिन्छ?
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

विश्वको प्रसिद्ध विश्वविद्यालयबाट दुई–दुई वटा विषयमा मास्टर्स गरेको मान्छेले के काम गर्ला जस्तो लाग्छ? त्यसमाथि पूर्वमन्त्री पनि रहेका मान्छेले कुनै ठूलै काम गरिरहेको होलान् भन्ने अनुमान गरिन्छ?

National life

तर, आफ्नो विषयमा २० वर्ष काम गरेका तथा देशको मन्त्री पनि भइसकेका एक जना व्यक्ति आफूसँग भएको पैसा सकिएपछि पिज्जा डेलिभरीको काम गरिहरेका छन्। 

अफगानिस्तानका पूर्वमन्त्री शइद अहमद शाह सदतले पिज्जा पुर्‍याउने काम गरिरहेका हुन्। उनले जर्मन सहर लाइपजिकमा डेलिभरी ब्वाइका रूपमा काम गर्दै गरेको तस्बिर हालै सार्वजनिक भएको हो। उनी असरफ घानीको मन्त्रीमण्डलमा सूचना तथा सञ्चार मन्त्री थिए।

शदतले अक्सफोर्ड विश्वविद्यालयबाट दुईवटा विषयमा मास्टर्स डिग्री गरेका छन्। उनले इन्जिनियरिङमा एउटा र सञ्चारमा अर्को मास्टर्स गरेका छन्। 

पिजा पुर्‍याउनेहरूले लगाउने सुन्तले रंगको ज्याकेट र माउन्टेन बाइकमा चढेर काममा लागेको फोटो एल जजिराले ट्वीटरमा सार्वजनिक गरेको थियो। शदतले सो फोटो आफ्नो भएको स्काइ न्यूजसँग पुष्टि गरेका थिए।

आफूसँग भएको पैसा सकिएपछि जर्मन कम्पनी लिभरानोमा डेलिभरी व्वाइको रूपमा काम गरिरहेको शदतले बताए। आफ्नो कथाले एसिया तथा अरब विश्वका उच्च पदस्थ मानिसहरूलाई फरक ढंगले सोच्न सहयोग गर्ने उनको अपेक्षा छ।

Laxmi sunrise bank
kumari

शदतले अक्सफोर्ड विश्वविद्यालयबाट दुईवटा विषयमा मास्टर्स डिग्री गरेका छन्। उनले इन्जिनियरिङमा एउटा र सञ्चारमा अर्को मास्टर्स गरेका छन्। उनले यसअघि झण्डै २० वटा कम्पनीमा विभिन्न ओहोदामा काम गरेका थिए। त्यस क्रममा उनले १३ वटाभन्दा बढी देशमा सेवा गरेका थिए। उनीसँग २३ वर्ष कार्य अनुभव छ।

प्रकाशित: Aug 27, 2021| 09:06 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।