बुधबार, साउन २७, २०८३

स्पेनमा रोनाल्डोलाई ‘लिजेन्ड अवार्ड’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- पोर्चुगिज तथा युभेन्ट्सका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ‘लिजेन्ड अवार्ड’बाट सम्मानीत एका छन् । स्पेनिस मिडिया ‘मार्का’ले प्रदान गर्दै आएको यस वर्षको उक्त अवार्ड रोनिाल्डो पाएको ‘मार्का’ले जनाएको हो ।

स्पेनको राजधानी मड्रिडमा एक कार्यक्रमको आयोजना गर्दै स्पेनिस मिडिया ‘मार्का’ले यस वर्षको ‘लिजेन्ड अवार्ड’बाट रोनाल्डोलाई सम्मान गरेको बताइएको हो । 

रोनाल्डोले गत वर्ष तीन उपाधि जितेका छन् । गत वर्ष नै स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन सिरी ए क्लब युभेन्टस पुगेका थिए । उनले दुई उपाधि क्लबलाई दिलाएका थिए भने एक उपाधि आफ्नो राष्ट्रिय टोलीलाई दिलाए । 

३४ वर्षीय रोनाल्डोले राष्ट्रिय टोली पोर्चुगललाई नेशन्स लिगको उपाधि जितेको थियो । इटालियन सिरी ‘ए’को उपाधि दिलाएको र व्यक्तिगततर्फ उच्च प्रदर्शन गरेको भन्दै मार्काले रोनाल्डोलाई सो अवार्ड दिने भएको हो । 

रोनाल्डोले पाँचपटक च्याम्पियन्स लिगको उपाधि जित्दा पाँचपटक नै बालोन डी‘ओर, चार पटक क्लब विश्वकप जितेका छन् । त्यस्तै तीन पटक युरोपियन सुपर कपको उपाधि हात पारेका उनले तीन प्रिमियर लिग, दुई ला लिगा, एक सिरी ए, एक युरोपियन च्याम्पियन्स कप र एक युइएफए नेशन्स लिगको उपाधि जितेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।