बिहीबार, वैशाख ३, २०८३

नेपालको विश्वकप खेल्ने सपना अधुरो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीको आइसिसी टी-२० विश्वकप क्रिकेट खेल्ने सपना अधुरै रहेको छ । आइतबार भएको विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रिय छनोट फाइनलमा सिंगापुरसँग ८२ रनले पराजति भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको हो । 

सिंगा पुरले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०९ रन बनाउन सक्यो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ३९ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले जमेर खेल्न सकेनन् । उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३९ रन जोडे पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन् । 

खराव सुरुवात गरेको नेपालले पहिलो विकेटको रुपमा १२ रनमा खेली रहेका कप्तान पारस खड्कालाई चौथो ओभरको पहिलो बलमा नै गुमाउन पुग्यो । दोस्रो विकेटको रुपमा मल्ललाई गुमाएपछि नेपालले एक पछि अर्को ब्यमट्सम्यान लगातार गुमाउन पुग्यो । यसक्रममा दिपेन्द्र सिंह ऐरीले २३ र सोमपाल कामीले ११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । 

नेपाललाई सस्तैमा समेट्न सेल्लाडोरे विजयकुमारले सर्वाधिक चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २५ रन खर्चेर चार विकेट लिएका हुन् । त्यस्तै विनोथ बस्करनले दुई तथा अनन्थ कृष्ण, अम्जाद मअबुब र जनक प्रकासले एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्यटिङ गरेको सिंगापुरले निर्धारित २० अ‍ेभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन जोडेको थियो । सिंगापुकारका लागि टिम डेभिडले उत्कृष्ट ७७ रनको अर्धशतकीय पारी खेले पछि नेपालले विशाल लक्ष्य पाएको हो । 

डेभिडले मात्र ४३ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ७७ रन जोडेका हुन् । उनले तेस्रो विकेटका लागि मनप्रीत सिंहसँग ६६ रनको साझेदारी गरे । विकेटकीपर ब्याट्सम्यान मनप्रीतले ४२ रन जोडे । उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडको हुन् । 

टिमको १० रन पुग्दा पहिलो विकेटको रुपमा सुरेन्द्रन चन्द्रमोहनलाई गुमाएको सिंगापुरका लागि रोहन रंगराजन र डेभिडले उत्कृष्ट साझेदारी गरे । रंगराजन र डेभिडले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । 

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछाने महंगा बलर साबित भए । बसन्तले चार ओभरमा विना कुनै विकेट ५४ रन खर्चदा सन्दीपले तीन ओभरमा विना कुनै विकेट ३४ रन खर्चे । अभिनास बोहराले चार ओभरमा ३५ रन खर्चर्द चार विकेट लिए । त्यस्तै करन केसीले दुई विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।