बिहीबार, वैशाख ३, २०८३

पारसको कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली क्रिकेट राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नयाँ कीर्तिमान बनाएका छन् ।  आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रिय छनोट अन्तरर्गत सिंगापुरविरुद्धको खेल्द खेल्दै कप्तान पारले नयाँ कीर्तिमान बनाएका हुन् । 

उनले टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि पाँच सय रनको आँकडा पुरा गर्ने पहिलो खेलाडी बनेको छन् । कप्तान पारसले २० खेल खेल्दै पाँच  सय रनको आँकडा पुरा गरेका हुन् । यसघि उनलाई यो आँकडा पुरा गर्न मात्र ५ रनको आवस्यकता थियो । 

उनले १९ खेलमा १८ पारी खेल्दै यसअघि ४९५ रन जोडेका थिए । यो आँकडा पुरा गर्न पारसले तीन अर्धशतक बनाएका छन् । पारसका तीन अर्धशतक पनि नेपालका लागि सर्वाधिक हो । उनको टी-२० अन्तर्राष्ट्रियको एक पारीमा सर्वाधिक रन अविजित ८६ रहेको छ । उक्त रन पारसले मलेसियाविरुद्धको टी-२० सिरिजमा जोडेका थिए । 

सिंगापुरविरुद्ध ओपनर ब्याटिङ गर्न आएका कप्तान पारसले १२ रन जोडे । उनले १० बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेका हुन् । यससँगै उनकाे हाल टी-२० अन्तर्राष्ट्रियमा कुल ५ सय ७ रन पुगेको छ । 

पारसलाई शरद भेषावरले पछ्याइ रहेका छन् । शरदले १६ खेलमा ३०३ रन जोडेका छन् । उनेको सर्वाधिक स्कोर ४० रहेको छ । त्यस्तै तेस्रो स्थानमा उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । ज्ञानेन्द्रले टी-२० अन्तर्राष्ट्रियका २० खेलमा २९५ रन जोडको छन् । 

उनको ५१ रनको एक अर्धशतक नै एकै पारीको सर्वाधिक स्कोर हो । उनी नेपालका लागि सबै भन्दा छिटो अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । उनले यसै प्रतियोगितामा मलेसिुयाविरुद्ध आक्रमक ब्याटि गर्दै २० बलमा यो रेकर्ड बनाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।