बिहीबार, वैशाख ३, २०८३

ग्लोबल छनोटमा पुग्न नेपाललाई १९२ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- ग्लोबल छनोटमा स्थान बनाउन नेपाललई घरेलु टोली सिंगापुरले १ सय ९२ रनको विशाल लक्ष्य सुम्पको छ । टस जितेर पहिले ब्यटिङ गरेको सिंगापुरले निर्धारित २० अ‍ेभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन जोडेको हो । 

सिंगापुकारका लागि टिम डेभिडले उत्कृष्ट ७७ रनको अर्धशतकीय पारी खेले पछि नेपालले विशाल लक्ष्य पाएको हो । डेभिडले मात्र ४३ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ७७ रन जोडेका हुन् । उनले तेस्रो विकेटका लागि मनप्रीत सिंहसँग ६६ रनको साझेदारी गरे ।

विकेटकीपर ब्याट्सम्यान मनप्रीतले ४२ रन जोडे । उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडको हुन् । टिमको १० रन पुग्दा पहिलो विकेटको रुपमा सुरेन्द्रन चन्द्रमोहनलाई गुमाएको सिंगापुरका लागि रोहन रंगराजन र डेभिडले उत्कृष्ट साझेदारी गरे । रंगराजन र डेभिडले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । 

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछाने महंगा बलर साबित भए । बसन्तले चार ओभरमा विना कुनै विकेट ५४ रन खर्चदा सन्दीपले तीन ओभरमा विना कुनै विकेट ३४ रन खर्चे । अभिनास बोहराले चार ओभरमा ३५ रन खर्चर्द चार विकेट लिए । त्यस्तै करन केसीले दुई विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।