धनगढी- कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मोहन्याल गाउँपालिका–६ नारासोतीका ५० वर्षीय गंगाराम जैशी रहेका छन्।
उनलाई गएराति साढे नौ बजे सोही ठाउँको सेतीखोर गाउँकोबीचच जंगलमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद भएको र उनीविरुद्ध हातहतियार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।