मंगलबार, असार ३, २०८२

टिकटक हुँदै युट्युबमा हिट भइन् मनिषा (भिडियो)

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं- मोडल मनिषा पोखरेलको दमदार नृत्यमा तीज गीत ‘युट्युब भरि हिट’ सार्वजनिक भएको छ।

पोखरेलको दमदार अभिनयमा केही दिनअगाडि मात्र ‘युट्युब भरि हिट’ बोलको तीज गीत सार्बजनिक भएको हो।

गायिका टिका सानु, गायक उज्वल गिरि (दानवीर) र नन्दु परियारको आबाजमा रहेको उक्त गीतको शब्द उज्वल गिरि (दानवीर) ले नै गरेका हुन् भने लय नन्दु परियारले लेखेका हुन्।

भिडियोमा मोडल मनिषा पोखरेललाई नृत्यमा उज्ज्वल, रामु र प्रतिमाले साथ दिएका छन्। छोटो समयमै सबैको रुचीमा पर्न सफल भएको उक्त गीतको भिडियो उज्वल गिरि (दानवीर) अफिसियल नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ।

निर्देशक तथा छायाँकार बिष्णु भट्टराईको निर्देशन तथा छायांकनमा तयार पारिएको भिडियोको सम्पादन पनि बिष्णु भट्टराईले नै गरेका छन्।

धेरै जसो स्टेज कार्यक्रमहरुमा व्यंग्यात्मक प्रस्तुति दिएर दर्शकहरुलाई हसाउन सफल उज्वल गिरि (दानवीर) ले अहिले भने ‘युट्युब भरि हिट’ नामक तीज गीत बजारमा ल्याएका हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्