बुधबार, साउन २७, २०८३

इनिस्टाले आज बार्सिलोनाविरुद्ध खेल्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोनाका पूर्व कप्तान समेत रहेका आन्द्रे इनिस्टाले आफ्नो पूर्व क्लब बार्सिलोनासँग आज (शनिबार) मेत्रिपूर्ण खेल खेल्दै छन् । उनले जे लिग क्लब भिसेल कोबेबाट बार्सिलोनाविरुद्ध खेल्न लगेका हुन् । खेल नेपाली समय अनुसार २:४५ बजे जापनको मिसाकी पार्क मैदानमा हुने छ । 

जापानका बार्सिलोनाको यो दोस्रो मैत्रिपूर्ण खेल हो । यसै खेलमा बार्सिलोनामा १६ वर्षे लामो फुटबल जीवन विताएका इनिस्टाले सोहि क्लबविरुद्ध खेल्दै छन् । उनले बर्सिलोनाका लागि ४४२ लिग खेल खेल्दै ३५ गोल गरेका थिए । 

इनिस्टाले बार्सिलोनाका लागि च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे जस्ता अन्य थुप्रै उपाधि दिलाइसकेका छन् । विश्व फुटबलमा उत्कृष्ट मिडफिल्डरको रुपमा पहिचान बनाएका उनी सन् २०१८ मा कोबेमा अनुबन्धन भएका हुन् । यस खेलमा कप्तान लियोनल मेस्सी भने खेल्ने छैनन् । 

जापान टुरमा रहेको बार्सिलोनाले यसअघि प्रिमियर लिग क्लब चेल्सीसँग जापान मै मैत्रिपूर्ण खेल खेलेको थियो । उक्त खेलमा फ्रान्सेली स्ट्राइकर एनटोनी ग्रिजमन र डच क्लब आयाक्सबाट भित्रिएका डि जोङले बार्सिलोनाबाट डेब्यु गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।