बिहीबार, वैशाख ३, २०८३

ग्लोवल छनोट पुग्ने नेपालको सम्भावना बलियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– कप्तान पारस खड्काले उत्कृष्ट पारी खेले पछि नेपालले कुवेतलाई सहजै पराजित गरेको छ । शनिबार बिहान भएको खेलमा कुवेतलाई ७ विकेटले पराजित गर्ने क्रममा कप्तान पारसले ६८ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार ६८ रनको योगदान दिए । 

कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याएको नपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । नेपालका लागि शरद भेषावकरले अविजित ३८ रनको योगदान दिए । उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिएका हुन् । 

रोहित कुमार पौडेल ६ रनमा अविजित रहे । नेपालले पहिलो विकेटको रुपमा चौथो ओभरको पाँचौ बलमा उपकप्तान ज्ञानेन्द्र मल्लालाई गुमाएको थियो । मल्लाले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडे । 

दोस्रो विकेटको रुपमा कप्तान पारसलाई गुमाउँदा तेस्रो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई एक रनमा गुमाएको थियो । कुवेतका लागि मुहम्मद काशिफले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन जोडेको थियो । खराव सुरुवात गरेको कुवेतका लागि आनन्द इड्रेसले २५ रन जोडे । उनले १४ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडेका हुन् । 

दोस्रो ओभरको पहिलो बलमा नै ओपनर ब्याट्सम्यान मीट भावसरलाई ५ रनमा गुमाएको बुवेतले दोस्रो विकेटको रुपमा छैठौं ओभरको पहिलो बलमा रभिजा सन्दरुवानलाई १५ रनमा गुमायो । त्यस्तै सोहि ओभरको अन्तिम बलमा आनन्द इड्रेसलाई गुमाउँदा चौथो विकेटको रुपमा बिलाल ताहशीरलाई १३ रनमा गुमायो । 

पाँचौ विकेटको रुपमा उस्मान वाहीदलाई शुन्य रनमा गुमाउँदा छैठौं विकेटको रुपमा मोहम्मद अस्लाम २३, शिरज खान शुन्य, मोहम्मद अहसान ४ र जन्डु हमोउन्ड २ रनमा आउट भए । कप्तान मुहम्मद कासिफ ४९ रनमा अविजित हरे । उनले ३६ बलमा २ चौका र ४ छक्का प्रार गर्दै ४९ रन जोडेका हुन् । इयास अहमद १ रनमा अविजित रहे ।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामीछानेले समान तीन तीन विकेट लिए । त्यस्तै करन केसीले दुई तथा अभिनास बोहराले एक विकेट लिए । यस जितसँगै नेपालको ग्लोबल छनोट पुग्ने सम्भावना बलियो बनेको छ । 

अब नपालले आफ्नो छनोटको अन्तिम खेल भोली (आइतबार) घरेलु टोली सिंगापुरसँग खेल्ने छ । सिंगापुर तीन खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा छ भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा छन् । अन्य टोली भने प्रतियोगिताबाट बाहिरि सकेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।