बिहीबार, वैशाख ३, २०८३

नेपाललाई जितका लागि १४२ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सिंगापुरका जारी आइसिसी टी-२० विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रिय छनोटमा कुवेतले नेपाललाई जितका लागि १ सय ४२ रनको लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन जोडेको हो । 

खराव सुरुवात गरेको कुवेतका लागि आनन्द इड्रेसले २५ रन जोडे । उनले १४ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडेका हुन् । दोस्रो ओभरको पहिलो बलमा नै ओपनर ब्याट्सम्यान मीट भावसरलाई ५ रनमा गुमाएको बुवेतले दोस्रो विकेटको रुपमा छैठौं ओभरको पहिलो बलमा रभिजा सन्दरुवानलाई १५ रनमा गुमायो । 

त्यस्तै सोहि ओभरको अन्तिम बलमा आनन्द इड्रेसलाई गुमाउँदा चौथो विकेटको रुपमा बिलाल ताहशीरलाई १३ रनमा गुमायो । पाँचौ विकेटको रुपमा उस्मान वाहीदलाई शुन्य रनमा गुमाउँदा छैठौं विकेटको रुपमा मोहम्मद अस्लाम २३, शिरज खान शुन्य, मोहम्मद अहसान ४ र जन्डु हमोउन्ड २ रनमा आउट भए । 

कप्तान मुहम्मद कासिफ ४९ रनमा अविजित हरे । उनले ३६ बलमा २ चौका र ४ छक्का प्रार गर्दै ४९ रन जोडेका हुन् । इयास अहमद १ रनमा अविजित रहे । नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामीछानेले समान तीन तीन विकेट लिए । त्यस्तै करन केसीले दुई तथा अभिनास बोहराले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।