बुधबार, साउन २७, २०८३

विश्वकप यात्रा : गर या मरको स्थितिमा नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट अन्तर्गत नेपालले शनिबार आफ्नो तेस्रो खेल कुवेतसँग खेल्दै छ। शुक्रबार भएको सिंगापुर र मसियाबीचको खेलमा घरेलु टोली सिंगापुरले जित हात पारे पछि अब विश्वकप यात्रामा अघि बढ्ने नेपालको भाग्य नेपालकै हातमा छ। यसको अर्थ यो हो की नेपालले न त अंक गणितको हिसाब गर्नु पर्ने छ न त अन्य टोलीको नतिजामा भर पर्नु पर्ने नै छ। 

छनोटका चार खेल मध्य दुई खेल खेलेको नेपालले अब दुबै खेल अर्को चरणमा स्थान बनाउन जित्नै पर्ने दबाब छ । कुनै पनि एक खेलमा नेपाल वर्षाका कारण अंक बाड्न बाध्य भएमा समेत नेपालको अर्को चरणको याात्रा समाप्त हुनेछ । 

त्यसका लागि नेपाललाई अबका दुबै खेल गर या मरको स्थितिमा छन् । यदी वर्षाका कारण कुवेतसँगको खेलमा अंक बाड्नु परे आफ्नो अन्तिम खेलमा नेट रन रेटमा सिंगापुरलाई पछि पार्नुपर्नेछ जुन असम्भव जसो छ। नेपालको नेट रन रेट ०.१२३ रहेको छ भने सिंगापुरको निकै माथि २.३३५ रहेको छ ।



नेपालले अबका दुबै खेल जिते अंक तालिकामा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएर ग्लोबल छनोटमा स्थान पक्का गर्ने छ । तर, नेपालले कुनै पनि एक खेल गुमाएमा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहने छ । 

त्यसैले नेपालले शनिबारको खेल जित्न सके सिंगापुरसँगको अन्तिम खेल लिग नभई फाइनल खेल जस्तै हुने छ । किनभने नेपालले शनिबारको खेलमा कुवेतलाई पराजति गरे नेपालको अंक ४ पुग्ने छ । यतिबेला तीन खेल खेलेको सिंगापुरले ५ अंक जोड्दै शीर्ष स्थानमा छ । 

अब सिंगापुरले अन्तिम खेल नेपालसँग खेल्नु पर्ने छ । जहाँ नेपालले जित हात पारे सिंगापुर एक अंकले नेपाल भन्दा पछि पर्ने छ । यदी नेपालले कुवेतसँगको खेल गुमाएको सिंगापुर एक खेल अगावै ग्लोबल छनोटमा स्थान बनाउने छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।