बिहीबार, वैशाख ३, २०८३

परेराको शतकमा बंगलादेशलाई विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- कुसल परेराको शतकको मद्दलले श्रीलंकाले बंगलादेशलाई ३ सय १५  रनको विशाल लक्ष्य सुम्पेको छ । तीन खेलको एकदिवसीय सिरिजका लागि श्रीलंका टुरमा रहेको बंगलादेशलाई घरेलु टोलीले सिरिजको पहिलो खेलमा ८ विकेट गुमाउँदै ३ सय १५ रनको विशाल लक्ष्य सुम्पेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । दोस्रो ओभरको पाँचौ बलमा टोलीको स्कोर १० पुग्दा घरेलु टोलीले अविस्का फर्नान्डोलाई गुमाएको थियो । 

तर, त्यसपछि मैदान प्रवेश गरेका विकेटकीपर ब्याट्सम्यान कुसल परेराले दोस्रो विकेटका लागि कप्तान दिमुथ करुणारत्नेसँग ९७ रनको साझेदारी गरे । करुणारत्नेले ३७ बलमा ४ चौका प्रहार गर्दै ३६ रन जोडे । तेस्रो विकेटका लागि कुसल मेन्डीजसँग परेराले शतकीय साझेदारी गरे । 

परेराले ९९ बलमा १७ चौका र १ छक्काको मद्दतमा १११ रनको शतकीय पारी खेले । चौथो विकेटको रुपमा पेवेलियन फर्किएका मेन्डीजले ४९ बलमा ४ चौका प्रहार गर्दै ४३ रन जोडे । त्यस्तै एन्जेलो म्याथिज अर्धशतक  बनाउनबाट दुई रनले चुके । 

उनले ५२ बलमा ३ चौका प्रहार गर्दै ४८ रन जोडेका हुन् । लाहिरु थिरिमानेले २५, धनन्जय डि सिल्भा १८, थिसारा परेरा २ र अविस्का फर्नान्डोले ७ रन जोडे । लाथिस मलिङ्गा ६ रनमा अविजित रहे । 

बंगलादेशका लागि शफिउल स्लामले तीन विकेट लिए । मुस्ताफिजुर रहमानले दुई तथा मेहिदी हसन मिराज, रुबेल होसाइन र सौम्य सरकारले समान एक एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।