बिहीबार, भदौ ४, २०८३

अब फेरि गुड्नेछन् सहरमा सेनाका बख्तरबन्द गाडी

गत वर्ष माघ १९ मा नेपाली सेनाले बख्तरबन्दा गाडीको मार्चपास गरेपछि जनमानसमा एकप्रकारको भय र चर्चा छायो। खासमा त्यो परिघटना पूर्वराजा ज्ञानेन्द्रले शासन–सत्ता लिएको मितिसँग मिलेको थियो।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं– गत वर्ष माघ १९ मा नेपाली सेनाले बख्तरबन्दा गाडीको मार्चपास गरेपछि जनमानसमा एकप्रकारको भय र चर्चा छायो। खासमा त्यो परिघटना पूर्वराजा ज्ञानेन्द्रले शासन–सत्ता लिएको मितिसँग मिलेको थियो। त्यसैले पनि यो विषय चासोको परिधिमा पर्यो।

तत्कालिन प्रधानमन्त्री केपी ओलीप्रति सतहमा आइरहेका आलोचनाका आभाका बीच त् नेपाली सेनाले यस्तो उपक्रमलाई सैनिकको नियमित अभ्यास बतायो। अब पनि, नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकाशको मुखमा अत्याधुनिक हातहतियारले सुसुज्जित बख्तरबन्द गाडीको मार्चपास गराउने भएको छ। 

 काठमाडौंका सडकमा सेनाले भदौंदेखि चैत्रसम्म पटक पटक बख्तरबन्द गाडीको मार्चपास गराउने छ। मोफसलमा पनि यस्तो अभ्यास देखिने छ। नेपाली सेनाका अनुसार कैलालीमा साउन र भदौं तथा सुुनसरीमा साउन महिनामा यस्तो परिदृश्य जनताले देख्न पाउने छन्। 

 यो ‘इभेन्ट’बारे सेनाले विज्ञप्ती नै निकालेर भनेको छ, ‘सेनाको मेकानाईज्ड युनिटहरुबाट आर्मड भेहिकल (आर्मड पर्सोनल करियर तथा माइन प्रोटेक्टिभ भेहिकल) चालकहरुको क्षमताबृद्धीका लागि शहरमा दौडान थालिएको हो।’ सेनाले थप भनेको छ, ‘यसका लागि स्थानिय प्रशासन र प्रहरीसंगको समन्वयमा रोड ड्राईभिङ्ग अभ्यास सञ्चालन गरिनेछ।’

तर, रमाइलो के छ भने, जाँदाजाँदै प्रधानसेनापति पूर्णचन्द्र थापाले यस्तो अनावश्यक तामझाम र नचाहिँने सन्देश किन प्रवाह गर्न खोजे भन्ने विषय सैनिक मूख्यालयमा पनि चर्चाको विषय बनेको छ। एक उच्च सैनिक अधिकृतले नेपाल समयसँग भने, ‘यसले खास अर्थ सृजना गर्दैन। यो चाहिँ सेनाको अभ्यासभित्रको कुरा भए पनि यसलाई जुन हिसाबले फोकस गरिएको छ, यसलको कुनै मिनिङ छैन।’

प्रकाशित: Jul 28, 2021| 22:55 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।