बिहीबार, वैशाख ३, २०८३

डिबालालाई कीर्तिमानी प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-अर्जेन्टिनी तथा युभेन्ट्सका स्ट्राइकर पाउलो डिबाला अनुबन्ध गर्न इङ्लिस क्लब टोटनहामले कीर्तिमानी मुल्यको प्रस्तान गर्ने तयारी गरेको छ ।

डिबालालाई क्लबमा अनुबन्ध गर्न टोटनहामले आफ्नो क्लब इतिहासकै सर्वाधिक महँगो मूल्यको प्रस्ताव गर्ने तयारी गरेको हो । 

टोटनहामले डिबालाका लागि युभेन्टससँग ८० मिलियन पाउन्डको प्रस्ताव गर्ने भएको छ । उक्त प्रस्ताव स्विकारे डिबाला टोटनहामको इतिहासमै सर्वाधिक महँगा खेलाडी बन्ने छन् । हालसम्म टोटनहामले सर्वाधिक ५५ मिलियन पाउन्डमा खेलाडी अनुबन्ध गरेको छ । 

पछिल्लो समय डिबाला स्वयमले पनि आफु युभेन्टस छोड्न चाहेको बताएका थिए । यत सिजन उनलाई पोर्चुगिज सुपर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको छाँयामा परेको जनाएको थियो। जस कारण उनले प्रयाप्ता मात्रमा मैदानमा समय बिताउन समेत पाएनन् । 

सिजन २०१७-१८ मा सिरि ए का ३३ खेलमा २२ गोल गरेका डिबालाले गत सिजन ३० खेलमा मात्र ५ गोल गरेका छन् । उनले गत सिजनका सबै खाले ४२ खेलमा १० गोल गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।