शुक्रबार, जेठ १, २०८३

मञ्‍जुको 'काम भन्दै गयो उमेर'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - बजारमा तीजको माहौल छ। दिनहुँ दर्जनौं तीज गीतहरू सार्वजनिक भएका छन्। गायिका तथा प्रस्तोता मञ्जु पौडेलले पनि तीजको मौलिक गीत बजारमा ल्याएकी छन्।

हरेक तीजमा मौलिक तीजको भाका ल्याउने पौडेलले यसपालिको तीजमा काम भन्दा भन्दै आधि उमेर ढल्केको पीडालाई गीतमार्फत पोखेकी छन्।

‘काम भन्दै गयो मेरो आधि उमेर, घन्काइदेऊ मादलु नाच्छु घुमेर’ काम र पैसाको लागि सधैँ व्यस्त रहने आम नेपालीको जीवनशैलीप्रति लक्षित गर्दै ल्याइएको यो गीतको भिडियोमा स्वयम् मञ्जु पौडेल र चर्चित कार्यक्रम उकाली ओरालीकी प्रस्तोता अनुषा पौडेल फिचर्ड छन्।

दिग्गज धौरालीको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको गीतलाई बि एम एस फिल्म्सले बजारमा ल्याएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्