बुधबार, साउन २७, २०८३

लिभरपुल स्पोटिङसँग बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इङिलस प्रिमियर लिग क्लब लिभरपुल पर्चुगिज क्लब स्पोटिङसँग बराबरीमा रोकिएको छ । बिहीबार भएको क्लब मैत्रिपूर्ण खेलमा लिभरपुल स्पोटिङसँग २-२ को बराबरीमा रोकिएको हो ।
 
सुरुवाती अग्रता लिएको स्पोटिङले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो । लिभरपुलका लागि डिभोक ओरिगी र गोर्गिनिओ विनाल्डुमले एक एक गोल गरे । यता स्पोटिङका लागि ब्रुनो फेर्नान्डेज र वेन्डेलले एक एक गोल गरे । 

खेलको चौथो मिनेटमा नै ब्रुनोले गोल गर्दै स्पोटिङलाई अग्रता दिलाएका थिए । तर, २० औं मिनेटमा डिभोकले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि ४४ औं मिनेटमा गोर्गिनिओले गाले गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । 

५३ औं मिनेटमा वेन्डेले गोल गर्दै खेल पुनः २-२ को बराबरीमा ल्याए । त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसकदा खेल बराबरीमा सकिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।