बिहीबार, वैशाख ३, २०८३

युभेन्टसको जित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले प्रि-सिजन अन्तर्गत अन्तराष्ट्रिय च्याम्पियन्स कपमा इन्टर मिलानलाई पराजित गरेको छ । बुधबार बेलुका भएको खेलमा युभेन्ट्सले मिलानलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गरेको हो ।

निर्धारित समयको खेलमा दुबै टोलीले १-१ गोलको बराबरी खेले पछि खेलेको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा भने मिलानले आत्मघाती गोल उपहारबाट सुरुवाती अग्रता लिएको थियो । 

खेलको १० औं मिनेटमा म्याथिज डे लिग्टको आत्मघाती गोल गरेपछि मिलान १-० ले अघि बढेको थियो । तर, खेलको ६८ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले फ्रिकिकबाट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको निर्णय पेनाटीमा सुटआउटमा पुगेको थियो । 

पेनाल्टीमा युभेन्ट्सका जोआ कानसेलो, क्रिस्टियानो रोनाल्डो, एम्री कान र डिमिरलले गोल गरे । मिलानका निकोल बरेल, जर्ज पुस्कास र जोआ मारियोले गोल गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।