सोमबार, जेठ १८, २०८३

मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई भातृशोक

प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएकै दिन भीम आचार्यलाई भातृ शोक परेको छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

सुनसरी- प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएकै दिन भीम आचार्यलाई भातृ शोक परेको छ। सुनसरीको इनरुवा नगरपालिका-३ स्थित घरको कोठामा मुख्यमन्त्री आचार्यका कान्छा भाइ बिहीबार ५६ वर्षीय रामप्रसाद आचार्य मृत भेटिएका हुन्। 

National life

भाइ रामप्रसाद घरमा मृत भेटिँदा दाजु भीम आचार्य भने विराटनगरमा मुख्यमन्त्रीको नियुक्ति लिने तरखरमा थिए। मुख्यमन्त्रीमा चयन हुँदै गर्दा आचार्यले भाइ मृत भेटिएको खबर पाएका हुन्। 

भाइको मृत्युको खबर पाए पश्चात हतारहतार शपथ ग्रहण सकेर मुख्यमन्त्री आचार्य भाइको अन्तिम संस्कारमा सहभागी हुन इनरुवा पुरेका थिए। मुख्यमन्त्री आचार्यले इनरुवा अस्पताल पुगेर भाइ रामप्रसादलाई श्रद्धाञ्जली दिएका थिए। 

मृतक रामप्रसाद भीम आचार्यका कान्छा भाई हुन्। मृतकका श्रीमती र दुई छोराछोरी छन्। मृतक आचार्यको आजै सुनसरी खोलामा दाहसंस्कार गरिएको छ। 

सो क्रममा प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालालगायतको उपस्थिति थियो। आचार्यको मृत्यु विष सेवनबाट भएको बताइएको छ।

Shivam cement

प्रकाशित: Aug 26, 2021| 21:36 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।