बुधबार, साउन २७, २०८३

चेल्सीसँग बार्सिलोना पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अन्तराष्ट्रिय क्लब मैत्रिपूर्ण खेलमा बार्सिलोना इङ्लिस क्लबा चेल्सीसँग पराजति भएको छ । मंगलबार जापानको साइतामा मैदानमा भएको खेलमा क्लब मैत्रिपूर्ण खेलमा ला लिगा च्याम्पियन बार्सिलोना चेल्सीसँग २-१ ले पराजित भएको हो ।
 
चेल्सीको जितका लागि तामी अब्रहम र रोज बार्कलेले एक एक गोल गरे । बार्सिलोनाका लागि इभान राकिटिकले एक गोल फर्काए । निकै नै रोमाञ्चक बनेको खेलको पहिलो हाफमा १-० ले अग्रता लिएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खाएको थियो । 

खेलको ३४ औं मिनेटमा अब्राहिमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले जोर्गिन्होको पासमा बार्सिलिोनाका गोलरक्षक मार्क आन्द्रे स्टेगनलाई बिट गर्दै गोल गरेका हुन् । 

त्यस्तै ८१ औं मिनेटमा रोजले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । उनले मार्कोस एलान्सोको पासमा गोल गोल गरेका हुन् । खेलको इन्जुरी समयमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई खृलमा फर्काउने प्रयास गरेका थिए । 

तर, थप गोल गर्न नसक्दा बार्सिलोना चेल्सीसँग २-१ ले पराजित भएको हो । यससँगै प्रि-सिजनको पहिलो मेत्रिपूर्ण खेलमा बार्सिलोनाले खराव सुरुवात गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।