बुधबार, साउन २७, २०८३

नेपालको खराब सुरुवात, कतारसँग ४ विकेटले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आइसिसी टी-२० विश्वकप छनोट अन्तरगत एसिया फाइनलमा प्रमुख दाबेदारको रुपमा हेरीएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले खराव सुरुवात गरेको छ । सिंगापुरमा जारी एसिया फाइनलमा मंगलबार भएको आफ्नो पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले प्रतियोगितामा खराव सुरुवात गरेको हो ।

नेपालले दिएको १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन जोडे । उनले मात्र ३२ बलमा ६ चौका प्रहार गर्दै ४१ रन जोडे । त्यस्तै कमरन खानले २२, जाहीर इब्राहिमले १२ र मुहम्मद तानवीरले ११ रन जोडे । नोमन सरवान १५ र मोहमद रिजलान ९ रनमा अविजित रहे । 

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ३३ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै करन केसीले एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय रन २२ जोडेको थियो । मध्यम सुरुवात गरेको नेपालका लागि युवा ब्याट्सिम्यान दीपेन्द्र सिंह ऐरीले ३४ रनको पारी खेलेका थिए । 

चौथो नम्बरमा मैदान प्रवेश गरेका ऐरीले ३५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेका हुन् ।  त्यस्तै कप्तान पारस खड्का २८ रनमा पेभिलियन फर्किए । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ जोडे । 

दोस्रो विकेटका रुपमा पेभिलियन फर्किएका ज्ञानेन्द्र मल्लले २४ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । सोमपाल कामीले ११ रन जोड्दा शरद भेषावकरले ७, विनोद भण्डारीले ३, सन्दीप लामीछाने ९,बसन्त रेग्मी १, करन केसी ४ र अभिनास बोहरा शुन्य रनमा पेभिलियन फर्किए ।
 
कतारका लागि इकबल हुसेइनले सर्वाधिक तीन विकेट लिए । त्यस्तै तामुर सज्जाद र नौमन सरवारले दुई दुई तथा इनाम उल हकले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।