बुधबार, वैशाख ९, २०८३

नेपालले दियो कतारलाई १२३ रनको लक्ष्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सिंगापुरमा जारी आइसिसी टी-२० विश्वकप छनोट अन्तरगत एसिया फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कतारलाई १ सय २३ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन जोडेको हो । 

मध्यम सुरुवात गरेको नेपालक लागि युवा ब्याट्सिम्यान दीपेन्द्र सिंह ऐरीले ३४ रनको जारी खेले । चौथो नम्बरमा मैदान प्रवेश गरेका ऐरीले ३५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेका हुन् ।  

त्यस्तै कप्तान पारस खड्का २८ रनमा पेभिलियन फर्किए । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ जोडे । दोस्रो विकेटका रुपमा पेभिलियन फर्किएका ज्ञानेन्द्र मल्लले २४ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । 

सोमपाल कामीले ११ रन जोड्दा शदरद भेषावकरले ७, विनोद भण्डारीले ३, करन केसीले ४, ललित नारायण राजव‌ंशी शुन्य, बसन्त रेग्मी १ र सन्दीप लामीछाने ९ रनमा पेभिलियन फर्किए । अभिनास बोहरा शुन्य रनमा अविजित रहे । 

कतारका लागि इकबल हुसेइनले सर्वाधिक तीन विकेट लिए । त्यस्तै तामुर सज्जाद र नौमन सरवारले दुई दुई तथा इनाम उल हकले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।